Section 24
समिति गठन गर्न सक्ने
(१) आयोगले लिने परीक्षाको लागि आयोगको अध्यक्ष वा निजले तोकेको सदस्यको अध्यक्षतामा तोकिए बमोजिम परीक्षा सञ्चालन समिति र अन्तर्वार्ता समिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमकोअन्तर्वार्ता समितिमा अध्यक्षले तोकेको एकजना विज्ञ रहने छ ।
(३) परीक्षा सञ्चालन तथा अन्तर्वार्ता सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।